६ जेष्ठ २०८१, आईतवार

 

ग्लोबल आइएमई बैंकले ४ अर्बमाथि मूनाफा कमायो

दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७– ७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ ।

बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो ।

यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले बढेको छ ।

बैंकको निस्कृय कर्जा पनि १.७६ बाट घटेर १.४२ प्रतिशतमा झरेको छ । बैंकको प्रति शेयर आम्दाी (ईपीएस) पनि बढेर १५.३३ रुपैयाबाट १९.०८ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्