६ जेष्ठ २०८१, आईतवार

 

सिभिल बैंकको सर्वाधिक ब्याजदरसहितको वरिष्ठ बचत खाता

समाजका वरिष्ठ व्यक्तिको सम्मान गर्दै सिभिल बैंकले ल्याएको छ । वरिष्ठ बचत खाता जसमा बैंकले सदैव सर्वाधिक ब्याजदर उपलब्ध गराउने छ ।

५८ वर्ष भन्दा माथिकाले न्युनतम मौज्दात दश हजार राखी खोल्न सकिने यस बचत खातामा वार्षिक ६.०५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गरिनुको साथसाथै ब्याजको भुक्तानी मासिक रुपमा प्रदान गरिनेछ । यसको अलवा विशेष सेवा अन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउने छ ।

समाजका वरिष्ठ व्यक्तिहरुको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खातामा सदैव सर्वाधिक ब्याजदर प्रदान गर्नेछ । साथै विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै बैंकले मासिक भुक्तानी तथा घरदैलो सेवा पनि उपलब्ध गराउने बैैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए ।

निक्षेप तर्फ ९१.६७ अर्ब र कर्जा तर्फ ८५.१४ अर्ब पु¥याउन सफल भएको सिभिल बैंकले निश्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.०५% मा सिमित गर्न सफल भएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/ योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्