बागलुङमा भोलिदेखि पहिलो मात्राको खोप अभियान शुरु गरिने भएको छ । बागलुङ नगरपालिकाको निर्णयअनुसार एस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो मात्राको खोप अभियान शुरु गरिने भएको हो ।
खोप लगाउन छुटेका अत्यावश्यक सेवामा संलग्न व्यवसायीहरुलाई भदौ ४ गते व्यवसायी दर्ताको प्रमाण पत्र र सक्कल नागरिकताको आधारमा खोप लगाइने भएको नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले जानकारी दिए । खाेप बागलुङ नगरपालिका -२ रुद्रे पिपल माविमा बिहान ११ बजेदेखि लगाइने भएकाे छ ।
उनका अनुसार पहिलो भेरोसेल खोप लगाएको २१ दिन पुगेका व्यक्तिहरुले भदौ ८ र ९ गते लगाउन पाउने छन् । यस्तै, स्नातक तथा स्नातकोत्तर तहको परीक्षामा सामेल हुने विद्यार्थीका लागि भदौ ८ र ९ गते तोकिएको छ । विद्यार्थीले परीक्षाको प्रवेश पत्र लगेर जानुपर्ने छ ।
यस्तै, कोभिडसिल्डको पहिलो मात्रा लगाइ दोस्रो डोज लगाउन छुटेका ६५ वर्षमाथिका नागरिकका लागि भदौ ८ र ९ गते खोप लगाइने भएको छ ।






























































































































































































