६ जेष्ठ २०८१, आईतवार

 

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुरको महेन्द्रनगरमा ११५ औं शाखा संचालनमा ल्याएको छ । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले शाखाको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने बताए । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोलाबहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरिय सेवा प्रदान गर्न कटिवद्घ रहेको तथा हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरीएको व्याजदर भन्दा सिभिल बैंकले सर्वाधिक व्याजदर प्रदान गर्दै आएकोले यसको लाभ उठाउन उनले अपिल गरे ।

बैंकले हालसम्म करिब छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै करीव ९२ अर्ब निक्षेप परिचालन गरी ८५ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्