६ जेष्ठ २०८१, आईतवार

 

विद्युतीय सवारी किन्न ग्लोबल बैंकले ७.२९ प्रतिशत ब्याजमा कर्जा दिने

ग्लोबल आईएमई बैंकले ७ दशमलव २९ प्रतिशत ब्याजमै विद्युतीय सवारी कर्जा दिने भएको छ । बैंकले चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्सप्रेस ड्राइभ उत्सव योजनाअन्तर्गत यस्तो कर्जाको घोषणा गरेको हो ।

बैंकले विद्युतीयसँगै अन्य सवारीका लागि कर्जामा सजिलो बनाइदिएको छ । योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर प्रिमियमसहितमा अन्य सवारी साधनलाई कर्जा पाउनेछन् । त्यस्तै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिका लागि जुनसुकै निजी सवारी कर्जा उपलब्ध गराइनेछ ।

यो योजना निजी प्रयोजनका विभिन्न नयाँ सवारी साधन खरिदमा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार कर्जा आवेदन प्रक्रिया पूरा भएको २ कार्य दिनभित्र कर्जाको निर्णय गरिनेछ ।

यो योजना निश्चित अवधिका लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ । हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियमसहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्