५ जेष्ठ २०८१, शनिबार

 

प्रभु बैंक बागलुङ शाखाद्वारा बलेवाको आगलागी पीडित २१ हजार सहयोग

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलारचौरको डाँडाखेतका आगलागी पीडितलाई प्रभु बैंक बागलुङ शाखाले शनिबार आर्थिक सहयोग गरेको छ ।

आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि बिचल्लीमा परेका ददिराम पौडेल र यदुनाथ पौडेललाई बैंकका वरिष्ठ अधिकृत दीपक शर्माले नगद २१ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गर्नु भएको हो ।

गत बुधबार साँझ जंगलमा लागेको आगलागी बस्तीमा पस्दा घरगोठ जलेर नष्ट भएका थिए ।

कार्यक्रममा बैंकका प्रदेश अधिकृत रेशम लाल आचार्य र प्रभु बैंक बिरेठाटी शाखाका प्रबन्धक विनोद पौडेलको उपस्थिति रहेको थियो ।

बैंकले सामाजिक उत्तदायित्व अन्तर्गत मानविय, सामाजिक, शैक्षिक, जनस्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्