६ जेष्ठ २०८१, आईतवार

 

७० हजार मेट्रिक टन रासायनिक मल भित्रिदै

रासायनिक मलको मूल्य बढेकाले सरकारले निकासा गरेको बजेटअनुसार आवश्यक मल खरिद गर्न नसकिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

आज सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा आयोजन गरेको छलफलमा सचिव डा. कृष्णप्रसाद आचार्यले उक्त कुरा बताए ।

उनले आगामी अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सक्ने जानकारी दिए । भारतसँग मल खरिदसम्बन्धी सम्झौता गरिएकाले यो वर्ष मलको संंकट कम हुनेमा भने उनी आशावादी छन् ।

समितिको बैठकमा सांसदहरुले खरिद प्रक्रियामा सहजीकरण गर्नुपर्ने र सार्वजनिक खरिद ऐनले पारेको अप्ठ्यारोबारे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्