६ जेष्ठ २०८१, आईतवार

 

सनराइज बैंकको १४ औं वार्षिकोत्सवमा रक्तदान

सनराइज बैक लिमिटेडको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शाखा बागलुङको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा १४ जना विभिन्न व्यक्तिहरुले रक्तदान गरेका छन् ।

१ वर्ष अगाडि आफनो शाखा बागलुङमा स्थापना गरेको बैकले नागरिकहरुलाई सेवा दिँदै आएको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गरिएको सन्राइज बैंक गण्डकी प्रदेशका प्रमुख सुजन पौडेलले बताए । उनले रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

बैंकिङबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण,स्वास्थ्य बिमा, मिसकल सेवा अन्र्तगत विद्युत्त विल भुक्तानी, रिचार्ज, मिनि स्टेटमेन्ट जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।

सनराइज बैंक लिमिटेडले देशभर १ सय ५० भन्दा बढि शाखा मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्