६ जेष्ठ २०८१, आईतवार

 

बागलुङमा नयाँ नोट साट्नेको बैंकमा भिड

बागलुङमा प्रशासनले लगाउँदै आएको निषेधाज्ञा हटाएपछि बैंक तथा बित्तिय संस्थामा सेवा ग्राहीको चाप बढेको छ । दसैंलाई लक्षित गरेर नेपाल बैंक लिमिटेड बागलुङले नयाँ नोट वितरण सुरु गरेपछि नोट साट्नेको भिड लागेको छ ।

कोरोनाको जोखिम कायमै भएको भन्दै बैंकमा आउने सेवाग्राहीले अनिवार्य रूपमा मास्क लगाउन बैंकले भनेकाे छ ।

दसैंलाई लक्षित गरि बैंकले एक जनालाई १८ हजार ५ सय रुपैयाँ सटही गरिदिएको नेपाल बैंक लिमिटेड बागलुङका शाखा प्रबन्धक अमृत शिवाले बताए । बैंकले लाइनमा बस्ने सर्वसाधारणलाई सय, पचास, बीस, दश र पाँच रूपैयाँको नोट सहटी गरेको छ ।

शुक्रबार बागलुङ सदरमुकामका सर्वसाधारणलाई २ करोड रूपैयाँ नयाँ नोट सटही गर्ने बैंकले जनाएको छ । यस्तै आइतबार पनि नयाँ नोट सटही गर्ने कार्यक्रम रहेको प्रबन्धक शिवाले जानकारी दिए ।

बागलुङ शाखाबाट गलकोट, बुर्तिवाङ, र म्याग्दी शाखालाई समेत नयाँ नोट पठाएको कारणले यो वर्ष कम मात्र नयाँ नोट सटही गर्ने बैंकले जनाएको छ । गत वर्ष बैंकले दसैको अवधिमा नयाँ नोट सहटी गरेको थिएन ।

बागलुङ सदरमुकाममा दुई दर्जनभन्दा बढी नीजि क्षेत्रका बैंकहरू भए पनि दसैं कुनै पनि बैंक तथा बित्तिय संस्थाले नयाँ नोट वितरण गर्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्