महिला हित सहकारी संस्था लिले शेयर सदस्यसँग दशैंको उपलक्ष्यमा शुभकामना कार्याक्रम आयोजना गरेको छ ।शेयर सदस्य,कार्यासमिति,सल्लाहकार,उपसमितिका सदस्यहरुविच शुभकामना कार्याक्रम सम्पन भएको हो ।
कार्याक्रममा सहकारीका अध्यक्ष लिला देवी खड्काले सहकारीले गाउँ र शहरमा बस्ने विपन्न समुदायहरुलाई सहकारीमा जोड्न विशेष पहल गर्नु पर्ने बताए ।
कार्याक्रममा सल्लाहकार तथा वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा,सल्लाहकार खड्क कुमारी खड्का ,उपाध्यक्ष लक्ष्मी केसी,पत्रकार मन्जुल शाक्य,शेयर सदस्य मन्जु श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
२०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।
२५ जना महिलाको दुई हजार पाँच सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ हजार १७ सेयर सदस्य रहेका छन् ।सहकारीको २ करोड ५९ लाख ७० हजार रुपैयाँ सेयर पुँजी छ ।
यसै, गरी संस्थामा ८ करोड ४८ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी र १० करोड २९ लाख ६५ हजार २ सय ९४ रुपैयाँ बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।
कार्यक्रम लिलादेवी खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी केसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।




















































































































































































































