२१ बैशाख २०८१, शुक्रबार

 

महाथिरको नेतृत्वमा यसरी सम्भव भयो विकसित मलेसिया

‘उद्योगको आम्दानीले राज्यको राजश्व बढाउँछ र त्यही राजश्वबाट फेरि जनताका लागि विद्यालय, सडक, खानेपानी, विद्युत्,विमानस्थललगायतका पूर्वाधार निर्माण हुन्छन् ।

यही चक्रले देशलाई समृद्धिको बाटोमा अग्रसर गराइरहन्छ ।’ यो विचार हो मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको ।

तीन वर्षअघि काठमाडौँमा मलेसियाको प्रगतिबारे प्रवचन दिन आएका महाथिरले नेपालको विकासका लागि विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने उल्लेख गर्दै मलेसियाले विदेशी लगानीकर्तालाई बोलाउँदा १० वर्षसम्म कर छुट दिएर आकर्षित गरेको बताए ।

उनले कतिपयलाई त्यसलाई थप वर्ष पनि यो सुविधा दिँदा राम्रो वैदेशिक लगानी भित्रिएको उल्लेख गरे । विदेशी लगानीका कारण पनि अहिलेको मलेसिया बनेको उनको भनाइ थियो ।

‘काठमाडौँ बसाइँका क्रममा आफूले केही क्षेत्र घुमेको र यहाँ पर्यटनको प्रशस्तै सम्भावनाहरु रहेका छन्,’ उनले प्रवचनमा भनेका थिए । मलेसियामा पर्यटनका प्राकृतिक आधार खासै नहुँदा पनि भौतिक निर्माण मार्पmत भए पनि पर्यटकहरुलाई आकर्षित गर्न सक्ने बनाएको बताउँदै उनले यहाँ त प्रकृति नै लोभ्याउने खालको रहेको उल्लेख गरे ।

राजनीतिक नेताले जनताको सेवा गर्नुपर्छ । आफ्नो सेवा होइन, उनले प्रधानमन्त्री भएको वेला आफैलाई पनि यसो भनेर सम्झाउने गर्थे । तर पनि उनलाई तानाशाहको आरोप लाग्थ्यो ।‘

मैले बुझेसम्म तानाशाहले सितिमिति राजीनामा गर्दैनन् । तर, मैले राजीनामा गरेर कुर्सी छाडेँ,’ उनले प्रवचनमा आफ्नो अनुभव सुनाए । आर्थिक समृद्धिको बाटोमा अग्रसर हुन हामीलाई राजीनितिका शक्ति बाँडफाँड नीतिले सघाएको महाथीरले भने फरक पहिचान बोकेका दलहरु भए पनि विकासमा साझा दृष्टिकोण आवश्यक छ ।

मलेसियामा पनि हामी फरकफरक गठबन्धन परम्परा धानेर आएका छौँ, फरक पहिचान बोकेका दलहरु गठबन्धन बनाएर चुनाव लड्ने गरेको बताउँदै महाथीरले यसबाट दुई तिहाई बहुमत ल्याउन सजिलो हुने र नीतिगत स्थिरताका लागि दुई तिहाई बहुमत अपरिहार्य भएको उल्लेख गरे ।

दुईतिहाई बहुमतले चाहेको योजना कार्यान्वयनका क्रममा विपक्षीले विरोध गरे पनि सरकार ढाल्न सक्दैनन् । त्यसैले विपक्षीको सरोकारलाई समेत आवश्यकताअनुसार समेटेर सत्तापक्ष अघि बढ्न सक्छ ।

नेपालका विशिष्ट व्यक्तिहरुसहितको प्रवचन कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै महाथीरले मलेसियासँग विकासका ५, १० र २० वर्षे योजना रहेको सुनाए यी योजना दक्ष प्रशासनबाट सञ्चालन हुन्छन् ।

योजना कागजमा सीमित छैनन्, यसका लागि आवश्यक रकमको अभाव हामीसँग छैन । म प्रधानमन्त्री हुँदा नै धेरै कुरा व्यवस्थित भइसकेको थियो,’ उनले भने ।

पूर्वप्रधानमन्त्रीहरुले बसाइँ दिएको जगमा टेकेर मैले केही थप सुधार गरेको हुँ । केही चुनौतीहरुको सामना गर्दै हामी एउटा उद्यमी मुलुक बन्यौँ ।

एक समय मलेसिया विश्वको १७औँ ठूलो व्यवसायिक मुलुक बनेको थियो । ‘केही वर्ष अघिसम्म पनि मलेसियाको ४० प्रतिशत निर्यात युरोप र अमेरिकामा हुन्थ्यो ।

तर, उनीहरु मन्दीमा फसेपछि हामीले नयाँ बजार खोज्नुप¥यो । त्यसमा हामी सफल पनि भयौँ र अहिले साढे ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिरहेका छौँ,’ उनले भने ।

महाथीरले मलेसिया बहुसांस्कृतिक र बहुजातीय देश भएको उल्लेख गर्दै यस्तो देशमा सरकार चलाउन आफैमा समस्याको विषय भएको समेत बताए ।

विभिन्न जातहरु आपसी अन्तरद्वन्द्वमा रहने भएकाले सरकारले सबैलाई मिलाएर जानुपर्नेमा उनले जोड दिए । दोस्रो विश्वयुद्धपछि मलेसियाले स्थिरतालाई जोड दिएको उल्लेख गर्दै उनले जातीय र सांस्कृतिक अन्तरद्वन्द्व रोक्न सकेमात्र स्थिरता तर्फ जान सकिने बताए ।

जाति र समुदायमा आर्थिक स्रोतको समतामूलक वितरण हुने व्यवस्था मिलाउनु नै अहिलेको स्थिर मलेसियाको प्रमुख आधार रहेको उल्लेख गरे ।

उनले मुलुक समृद्ध बनाउन आर्थिक अवस्था सुदृढ हुनुपर्ने बताए । ‘त्यसैले हामीले सर्वप्रथम जनतालाई न्यायिक आयको स्रोत दिने तर्फ सोच्यौँ ।

मलेसिया स्वतन्त्र हुँदा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि थिए । गरिबी निवारणका लागि भनेर हामीले सर्वप्रथम भूमिहीनहरुलाई जमिन उपलब्ध गराउने निधो ग¥यौँ ।

तर, थोरै जमिन सबै जनतालाई पु¥याउन सक्ने अवस्था भएन । त्यसैले हामीले श्रममा आधारित औद्योगिकीकरणमा जाने निर्णय ग¥यौँ । जसले मुलुकमा रोजगारी सिर्जना गर्न सक्थ्यो ।

तर, हामीसँग त्यसबारे ज्ञान थिएन । त्यतिमात्र होइन पुँजी पनि थिएन । पुँजी परिचालनको सामथ्र्य राख्ने जनशक्ति थिएन, उत्पादन बिक्री गर्ने बजार पनि थिएन ।

त्यसैले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने निर्णय हामीले ग¥यौँ । जसले आफ्नो पुँजी र सीप लिएर हाम्रो देशमा उद्योगहरु स्थापना गरुन् र मलेसियाका जनताले रोजगारी पाउन् ।

जनतालाई रोजगारी दिनु र राज्यका लागि राजश्वको स्रोत विकास गर्नु नै विदेशी लगानीकर्ता आकर्षित गर्ने प्रमुख कारण थियो,’ महाथीरले भने ।‘विदेशी लगानीकर्ता आकर्षित गर्ने हाम्रो योजना सफल भयो, विदेशी लगानीकर्ता आए देशमा विस्तारै रोजगारी सिर्जना हुन थाल्यो, राज्यलाई कर आउने बाटो खुल्यो ।

रोजगारी सिर्जनाले व्यापक रुप लियो, हाम्रा जनताले मात्र उद्योगलाई आवश्यक जनशक्ति पुगेन, विदेशबाट समेत कामदार आपूर्ति हुन थाल्यो

। अहिले मलेसियामा ३० लाख विदेशी कामदार कार्यरत छन्, यसमा पाँच लाख नेपालीले समेत रोजगारी पाएका छन्,’ महाथीरले भने, ‘जनताका लागि रोजगारीमात्र भएर हुँदैन आम्दानी पनि बढ्नुपर्छ भन्नेमा ध्यान दिई आम्दानी बढ्न सीप विकासमा जोड दियौँ ।

जनतालाई सीपमूलक शिक्षा दिन सरकारको कोषमा प्रशस्त रकम जम्मा भएकाले हामीले आफ्नो अभियान सञ्चालन गर्न कुनै कठिनाइ भएन, हामीले प्राथमिक शिक्षा निःशुल्क बनाउँदै माध्यमिकदेखि विश्वविद्यालयसम्म धेरै संख्यामा छात्रवृत्ति दिन सुरु ग¥यौँ ।

स्वदेशमा मात्र होइन, विदेशका ठूलाठूला विश्वविद्यालयमा मलेसियाका विद्यार्थी पढ्न थाले । अहिले पनि मलेसियाका विद्यार्थी विश्वका विभिन्न विश्वविद्यालयमा इन्जिनियरिङ, कानुन, मेडिकल, व्यवस्थापनलगायत प्राविधिक विषय पढिरहेका छन् ।

आफ्नो पढाइ सकेपछि उनीहरु स्वदेश फर्कन्छन् र मातृभूमिको समृद्धिमा योगदान गर्छन् । त्यसैले नेपालको विकास तपाईं आफैले गर्ने हो । विकास योजनाहरु तपाईंहरुले नै बनाउने हो । नेपालको प्रकृति नै लोभ्याउने खालको छ । यसलाई सदुपयोग गर्नुहोस्, विदेशी लगानी आकर्षित गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्