६ जेष्ठ २०८१, आईतवार

 

नबिल बैंकको महाप्रबन्धकमा मनोजकुमार ज्ञवाली

नबिल बैंकको व्यवस्थापनले सोमबार मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । चार्टर्ड एकाउन्टेन्ट बैंकर ज्ञवाली १४ महिनाअघि नायब महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए ।

ज्ञवालीले नबिलमा नवीन प्रडक्टदेखि कर्पोरेट रिलेसनमा दक्खल राख्दै आफ्नो क्षमता प्रस्तुत गरेका थिए । नबिल जानुअघि उनले ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।

उनीसँग राष्ट्र बैंकमा पनि काम गरेको अनुभव छ ।नबिलका सीईओ अनिलकेशरी शाहले ज्ञवाली उच्च मिहिनेत र लगनशील स्वभावका रहेको भन्दै नबिललाई उचाइतर्फ लैजान उनको अझ बढी आवश्यकता देखिएको बताए । उनी बैंकिङ क्षेत्रमा अनिलपछिका सेलेब्रिटी बैंकर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्