२४ बैशाख २०८१, सोमबार

 

बीओकेको सीईओमा मास्के

बैंक अफ काठमान्डु लिमिटेडको सीईओमा श्रवणलाल मास्के नियुक्त भएको छ । बैंकको सञ्चालक समिति बैठकले बुधबार मास्केलाई सीईओ छनोट गरेको हो ।

मास्के विगत ३ महिनायता बैंकको कायममुकायम सीईओको जिम्मेवारीमा थिए । उनले सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ करियर थालेका थिए ।

मास्केले आफ्नो कार्यकालमा बैंक अफ काठमान्डु लिमिटेडलाई थप सबल, बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्