२ जेष्ठ २०८१, बुधबार

 

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिन्छ : शिक्षामन्त्री पौडेल

शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताएका छन् । गत वर्ष त्रिवि नेतृत्व र आन्दोलनरत करार शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा गराउन सहमति भएको थियो ।

त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा म‌ंगलबार पौडेलले भने, ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेका लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्ययोजना बनाएर अगाडि बढ्न मन्त्री पौडेलले निर्देशन दिए ।

उच्च शिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको जनाउँदै अध्यनन अनुसन्धान तथा नियमित पठनपाठनमार्फत प्रवर्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्