२१ बैशाख २०८१, शुक्रबार

 

सामाजिक सुरक्षा कोषको समितिको सदस्यमा ढकाल र भण्डारी नियुक्त

सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको सदस्यमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् ।

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किशान )ले ढकाल र भण्डारीलाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका हुन् ।

ढकाल आईएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक हुन् उनीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९ (१) (ज) बमोजिम रोजगारदाताहरु मध्येबाट नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्