१७ बैशाख २०८१, सोमबार

 

दक्षिण एसियाली विद्यार्थी समिटमा नेपाली समूह प्रथम

साउथ एसियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा भाग लिएका पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएस पाँचौँ सेमेस्टरमा अध्ययनरत निकिता शाही नेतृत्वको टोली पहिलो भएको छ ।

सो समिटमा दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलंकाका विद्यार्थीले भाग लिएका थिए ।

टोलीले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ ।
शाहीको आठ महिना लामो टेक्सटाइल इन्डस्ट्रिजको अनुसन्धान गरेर समिटमा पेस गरेको रिसर्चले अवार्ड जितेको हो ।

सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलंकामा आयोजना गर्ने भनिए पनि कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त प्रतियोगितामा आठवटा टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्