५ जेष्ठ २०८१, शनिबार

 

एमालेको अवरोधकै बीच चार अध्‍यादेश प्रतिनिधिसभाबाट स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच बुधबार प्रतिनिधिसभाबाट चार वटा अध्‍यादेश स्वीकृत भएको

प्रतिनिधिसभाबाट नेपाल प्रहरी प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्यघातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ रेल्वे अध्यादेश २०७८स्वीकृत भएको हो

यसअघि मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ फौजदारी कसूरतथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको थियो

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमालेसांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए

तर सभामुख सापकोटाले संसदको कारबाही अघ बढाए अध्यादेशमाथि नेपाल मजदुरकिसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए

तर उनको विरोधको सूचना बहुमतले अस्वीकृत भयो अध्यादेशस्वीकृत भएपछि प्रतिनिधिसभा पुस १८ गतेसम्मका लागि स्थगित भएको

प्रतिक्रिया दिनुहोस्