५ जेष्ठ २०८१, शनिबार

 

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने भएको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले काठमाडौंमा आइतबार शुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण प्रस्ताव अघि सारेको छ ।

स्थायी समितिका एक सदस्य भन्छन्, ‘अरु दलहरुले महाधिवेशन गरिरहेका बेला राष्ट्रिय सम्मेलन गर्दा ओज पनि कम हुने भयो । ९ महिनापछि फेरि महाधिवेशन गर्नुपर्ने भएकाले अहिले नै किन नगर्ने भन्ने भयो ।’

उनका अनुसार तल्लो कमिटीहरुबाट सम्मेलन गरेर आएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्न लागिएको हो ।

आइतबार विहान ८ बजे बस्ने केन्द्रीय समितिको बैठकले यसबारे औपचारिक निर्णय गर्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्