५ जेष्ठ २०८१, शनिबार

 

प्रचण्डले मागे सीपी गजुरेलको भाषण नोट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलको भाषण पनि आफूलाई राम्रो लागेको बताएका छन्।

माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्ने क्रममा गजुरेल विचार आफूलाई तितो नलागेको प्रचण्डले सुनाए।

‘सीपीजीले आफ्नो विचार खुला ढंगले नै राख्नुहुन्छ, कहिलेकाहीँ तितो पनि लाग्छ। उहाँले आज राखेको विचार पनि तितो लागेन,’ प्रचण्डले भने, ‘उहाँले भाषण गरिसकेपछि उहाँले तयार गरेको एउटा नोट रहेछ, त्यो नोट मागे मैले। उहाँले त्यसलाई सारेपछि दिन्छु भन्नुभएको छ।’

माओवादीको महाधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले माओवादी केन्द्रलाई नवजीवनको शुभकामना दिएका थिए।

हिजोआज जनताले व्यवस्था बदलिए पनि अवस्था बदल्न नसकेको गुनासो गर्ने गरेको मैनालीको भनाइ थियो। आफूले त्यसलाई परिवर्तनका बाहकसँगको असन्तुष्टिका रुपमा बुझेको बताए।

गजुरेलले भनेका थिए, ‘मलाई लाग्छ इतिहासले विगतका आन्दोलनलाई, जनताको आामूल परिवर्तनको आकांक्षालाई प्रयोगशालामा दर्ज गरिदिने त होइन ?’

प्रतिक्रिया दिनुहोस्