५ जेष्ठ २०८१, शनिबार

 

एमाले नेता शाक्यको आगमनले माओवादी पार्टीलाई थप उर्जा – अध्यक्ष प्रचण्ड

एमाले बागलुङका नेता बाबुलाल शाक्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेता शाक्यलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन ।

नेता शाक्यलाई पार्टीमा स्वागत गर्दै नेकपा माओवादी पार्टीका अध्यक्ष प्रचण्डले भने ‘शाक्यको आगमनले माओवादी पार्टीलाई थप उर्जा मिलेको छ । उहाँले पाउने जिम्मेवारी र भूमिकाले माओवादी संगठन थप अगाडि बढ्न हौसला प्राप्त हुने छ’ अध्यक्ष प्रचण्डले भने ।

नेकपा एमाले गण्डकी प्रदेशका सदस्य रहेका शाक्य एमाले नेतृत्वको विचार र कार्यशैलीसँग असन्तुष्ट थिए ।शाक्यको माओवादी केन्द्रमा आगमनले बागलुङ जिल्लाको वामपन्थी आन्दोलनलाई थप उर्जा दिएको नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवशले नयाँ विश्वलाई बताए ।

लामो सयम पूर्वमाले र माओवादी आन्दोलनमा क्रियासिल शाक्यको भूमिका बागलुङको माओवादी आन्दोलनको विकासलाई थप उचाईमा लैजान आवश्यक भएको नेकपा माओवादी केन्द्र बागमती प्रदेशका ईन्चार्ज हितमान शाक्यले बताए ।

मेरो जिवनको लामो समय आम जनताको भलाईको लागि देशमा एउटा बलियो कम्युनिष्ट पार्टी निर्माणमा म लागे ।माओवादी केन्द्र मार्फत सर्वसाधारण नागरिकको जिवनमा परिवर्तन ल्याउन म माओवादी केन्द्रमा समाहित भएको बाबुलाल शाक्यले नयाँ विश्वलाई बताए ।

विसं २०४६ सालमा तत्कालिन माले पार्टी बागलुङको जनवर्गिय संगठन अनेरास्ववियुका साधारण सदस्यबाट राजनैतिक यात्रा सुरु गरेका शाक्य २०४८ सालमा धौलागिरि क्याम्पसको प्रारम्भिक कमिटिका अध्यक्ष,एमालेमा विभाजनपछि विसं २०५४ सालमा तत्कालिन माले पार्टी बागलुङको अनेरास्ववियु जिल्ला कमिटिका अध्यक्ष,नेकपा माले बागलुङको जिल्ला सदस्य,विसं २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका थिए ।

विसं २०५८ सालमा तत्कालिन नेकपा माओवादी पार्टीमा सक्रिय शाक्य बागलुङ जिल्ला जनसरकारको सदस्य थिए ।

विसं २०६४ सालमा नेकपा माओवादी बागलुङको एरिया सदस्य, विसं २०६६ जिल्ला सदस्य रहेका शाक्य नेकपा माओवादी विभाजनपछि मोहन वैधले नेतृत्व गरेको माओवादी पार्टी बागलुङको राज्य कमिटि सदस्य थिए ।

वैध नेतृत्वको माओवादी पार्टी विभाजनपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा बागलुङको सचिवको जिम्मेवारीमा थिए । शाक्य अहिले राणा कालमा विसं १९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्