२३ बैशाख २०८१, आईतवार

 

२३६ केन्द्रीय सदस्यको नाम अनुमोदन गर्दै माओवादीको महाधिवेशन सकियो

- पदाधिकारी सोमबार चयन हुने

नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।

आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।

आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको थियो ।

प्रचण्डले बन्दसत्रमा १२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जनाको नाम घोषणा गरेका थिए । सो नामहरू हलले पारित गरेको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्