२३ बैशाख २०८१, आईतवार

 

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा बागलुङका ६ नेता निर्वाचित*

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले समानुपातिक र खुलातर्फका केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित नाम मध्ये बागलुङका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

हाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, हितमान शाक्य, बलावति शर्मा, कृष्ण केसी र हिमाल शर्मा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्