सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले आफ्ना सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । सहकारीको १४ औं साधारण सभाको अवसरमा आफ्ना सेयर सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गरेको हो ।
३५६ जना सेयर सदस्य रहेको सहकारीको कुल पुँजी २ करोड ३० लाख २८ हजाररहेको छ । सहकारीले छरिएर रहेको पैसालाई जम्मा गरी आर्थिक विकास गर्ने उद्देश्यसहित सेयर सदस्यलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध, साना व्यवसायीलाई प्रोत्साहन गर्ने काम गर्दै आइरहेको सहकारीका अध्यक्ष किस्मतमणि श्रेष्ठले बताए ।
साधारण सभामा ज्येष्ठ शेयर सदस्य रत्नकुमारी श्रेष्ठ र जमुना कुमारी श्रेष्ठको प्रमुख आथित्याता रहेको थियो ।
कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठ,नेपाल सरकारका पूर्वसहसचिव किशोर जंग कार्की,धौलागिरी बचत तथा ऋण सहकारीका अध्यक्ष युक्त प्रसाद शाक्य, सदाबहार बचत तथा ऋण सहकारीका शेयर सदस्य डा स्वयमप्रकाश श्रेष्ठ र सदाबहार बचत तथा ऋण सहकारीका अध्यक्ष किस्मणमणि श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभामा लेखासमितिका संयोजक विजय दर्शन श्रेष्ठले लेखाप्रतिवेदन,सचिव चन्द्र कुमार शाहीले अनुमानित बासलात र विनियम, संस्थाका अध्यक्ष किस्मतमणि श्रेष्ठले वार्षिक प्रगतिप्रतिवेदन, भावि योजना र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष किस्मतमणि श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष ईश्वरी कर्माचार्यको स्वागत कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
विसं २०६४ सालमा १ सय १७ जना शेयर सदस्यहरुको पहलमा काठमाडौंको बागबजारमा सदाबहार बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालनमा आएको थियो ।























































































































































































































