५ जेष्ठ २०८१, शनिबार

 

यी जिल्लामा एमाले अध्यक्ष सर्वसम्मत चयन

नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व चयन भएको छ । शनिबारदेखि ६१ जिल्लामा सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा १४ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको हो ।

झापा, पाल्पा, दाङ लगायत जिल्लाका अधिवेशनले नयाँ नेतृत्व चयन गर्दा कतिपय जिल्लामा छलफल भइरहेको छ ।

अध्यक्ष लगायत पदाधिकारीमा आकांक्षीको संख्या बढ्दा पनि एमालेको जिल्ला अधिवेशनमा केही जिल्लाको नेतृत्व चयनमा सकस देखिएको छ । अनि केही जिल्लामा भने बन्दसत्रको छलफल लम्बिदा नेतृत्व चयनमा ढिलाई भएको छ ।

पाल्पा – धनेन्द्रराज घिमिरे

झापा –दीपक कार्की

दाङ –हुकुमबहादुर बस्नेत

डोल्पा – शेरबहादुर बुढा

सल्यान – गोविन्द पुन

बर्दिया –लालबहादुर श्रेष्ठ

बॉके – किस्मतकुमार कक्षपति

धादिङ – भूमि त्रिपाठी

अर्घाखाची – पीताम्बर भुसाल

मोरङ – ऋषिकेश पोखरेल

काभ्रे – अशोक ब्याञ्जु

भक्तपुर – बचन देउजा

खोटाङ –रामप्रसाद दंगाल

गुल्मी – बालसिंह काउछा

 

प्रतिक्रिया दिनुहोस्