५ जेष्ठ २०८१, शनिबार

 

एमाले बागलुङको अध्यक्षमा केसी बिजयी

नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा केसीले ३ सय २९ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धि कृष्ण पाठकले २ सय २८ मत पाएका थिए भने अर्का प्रतिस्पधि मेहरसिंह पाईजाले ३४ प्राप्त गरे । उपसचिवमा गणेश बहादुर थापा र डम्मर श्रीस बिजयी भए ।

थापाले गणेश २ सय ९९ र श्रीसले २ सय २८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।

उपसचिवमा उमेद्वारी दिएकी चित्रकला छन्त्यालले १ सय ५९, राम बहादुर जिसीले १ सय ६४, नेत्र बिष्टले १ सय १३ र प्रेम बहादुर लामिछानेले १सय ७ मत पाएका छन् ।  भूगोल तर्फ काठेखोला गाउँपालिकाबाट २ जना, अल्पसंख्यकबाट २ जना र खुल्ला २४ सदस्यका लागि भएको निर्वाचन भएको थियो ।

भूगोलको काठेखोलाबाट खिमबहादुर कार्की र खुमबहादुर भण्डारी निर्वाचित हुनु भएको छ । अल्पसंख्यकबाट ढालेन्द्र शेरचन र तालबहादुर छन्त्याल निर्वाचित हुनु भएको छ ।

खुल्ला सदस्यमा अनन्तबहादुर खड्का अमर थापा, इश्वरलाल राजभण्डारी, खगेन्द्र पौडेल, खिमबहादुर थापा मगर, चन्द्र गणेश, जितबहादुर क्षेत्री, दीपक गौतम, दीपकबहादुर रायमाझी, लीपेन्द्र पुन, नेत्रबहादुर विष्ट, पवित्रा रोका, पुनम शर्मा, प्रेमबहादुर केसी, प्रेम लामिछाने, बालकृष्ण शर्मा, भूपेन्द्र खड्का, यमबहादुर श्रीस थापा, रुद्र पौडेल, रुद्रबहादुर महत, लोकेन्द्रबहादुर केसी, शिव शर्मा, शेखर खड्का, सन्दीप खड्का, सम्पन्न श्रेष्ठ निर्वाचित भएका छन् ।

एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्