२ जेष्ठ २०८१, बुधबार

 

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित

पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन् ।

परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष–सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख गरेका छन् ।

कोरोनाका कारण यसअघि नै त्रिवि र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डअनुसार विश्वविद्यालयका परीक्षा सञ्चालन भएका छन् कि छैनन् अनुगमन गर्न निर्देशन दिएका थिए ।

प्रमुख जिल्ला अधिकारीहरूले विभिन्न कलेजमा चलेका परीक्षा केन्द्रहरूको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्