४ श्रावण २०८३, सोमबार

 

एकैदिन १६ संक्रमितको मृत्यु, थपिए १० हजार बढी संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५४ संक्रमित थपिएका छन् । २० हजार १८७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ ।

पिसिआर विधिबाट १४ हजार ४६२ जनाको परीक्षण गरिएकोमा आठ हजार २१२ तथा एन्टिजेन विधिबाट पाँच हजार ७२५ जनाको परीक्षण गरिएकोमा दुई हजार ४२ संक्रमित थपिएका हुन् ।

यस अवधिमा १६ संक्रमितको मृत्यु भएको छ भने ७०८ जना संक्रमणमुक्त भएका छन् । शनिबार एक लाख ९६ हजार ८५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung