५ जेष्ठ २०८१, शनिबार

 

गठबन्धनको निर्णयमाथि शेखर कोइराला समूहको फरक मत !

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ । सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बताएको छ । सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए ।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ ।

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा.रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो । पाँच दलिय गठबन्धन बैशाखमा स्थानीय तहको निर्वाचन नगरी एकै पटक तीनै तहको निर्वाचन गर्नेमा सहमत भएको छन् ।

प्रतिक्रिया दिनुहोस्