४ असार २०८१, सोमबार

 

नेता नेपालीलाई एमाले गण्डकी प्रदेश सदस्यको जिम्मेवारी

लामो समय बागलुङमा वामपन्थी आन्दोलनमा क्रियाशील गलकोट नगरपालिका ११ रिघाका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेसँगै गण्डकी प्रदेश कमिटीमा मनोनीत भएका छन ।लामो समय राष्ट्रिय जनमोर्चामा रहेर राजनीति गर्दै नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा नेतृत्व तहमा बसी काम गरेका नेपाली एमाले प्रवेश गरेपछि उनलाई एमालेको प्रदेश कमिटीमा ज़िम्मेवार प्रदान गरिएको हो ।

नेकपा एमाले, बागलुङको बुर्तिबाङमा सम्पन्न बैठकमा पार्टीका उप महासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरुले स्वागत गरेर पार्टी प्रवेश गरेका थिए ।

नेता नेपालीले कम्युनिष्टका नाममा साना साना झुपडीको आवश्यकता नरहेको बताउदै अब एउटै कम्युनिष्ट पार्टीले मात्र जनताको समस्या समाधान गर्ने विश्वास साथ एमालेबाट नेपाली जनताको सेवा गर्न राजनीति गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्