२५ बैशाख २०८१, मंगलवार

 

स्ट्रॉबेरीको प्रति केजि ७ सय मूल्य पाउँदा छन्त्याल खुशी

बागलुङ जिलाको तमानखोला गाउँपालिका २ का चुणमणी छन्त्याललाई अहिले आफ्नो कृषि फर्ममा काम गर्न भ्याइ नभ्याइ छ ।उनले आफ्नो कृषि फर्मविगत ४ वर्षदेखि कटेरीमा ‘डायमन्ड एग्रो फार्म’ नामक कृषि संस्था दर्ता गरि सञ्चालनमा ल्याएका हुन ।

उनको फर्ममा भएको स्ट्रॉबेरीको मूल्य प्रति केजी ७ सय रुपैयाँ पर्दछ। उनले पोखरा लेकसाइडको एक होटलसँग त्यहि मूल्यमा सम्झौता गरेका छन। उत्पादन गरेका सबै चिज अहिले सम्म बिक्रिको लागि कुनै पनि समस्या नभएको छन्त्याल बताए ।

अहिले उनको फर्ममा अर्गानिक स्टाबेरी, बन्दा, ब्रो काउली, अकबरे खुर्सानी उत्पादन गरी बिक्री गर्दै आएका छन् ।उनले शुरुमा १२ लाख रुपैयाँ लगानीमा सुरुवात गरेको फार्मबाट अहिले मासिक करिब ३५ हजार रुपैयाँ आम्दानी हुने गरेको छन्त्याल बताउँछन्।

उनी मलेसियामा २ वर्ष र कोरियामा १० वर्ष गरि १२ वर्ष बिदेश बिताएका ४८ वर्षीय छन्त्यालले मलेसियामा रहँदा स्टाबेरी खेती गर्न सिकेको सिपलाई आफ्नै जन्म गाउँमा प्रयोग गरेका हुन ।छन्त्याल विदेश बसाईपछि काठमाण्डौमा पनि कृषि कार्य गरेका थिए, त्यहाँ सोचे जस्तो सफलता प्राप्त गर्न नसकेपछि उनी गाउँमै फर्केर व्यवसायीक रुपमा गर्न थालेका हुन।

उत्पादन गरेको कृषि कार्यबाट म सन्तुष्ट छु’ उनले भने–‘अहिलेसम्म आफूले सोँचे जति मुनाफा निकाल्न नसके पनि म सन्तुष्टि छु, कुनै दिन सोँचेजति मुनाफा पनि आउला तर आफैं गाउँको बारीमा कृषि उत्पादन गर्न पाउँदा आफू संतुष्ट भएको बताए ।

अघिल्लो वर्षसम्म बर्खाको समयमा बाटो अबरुद्ध हुँदा आफ्ना कृषि सामाग्री बेच्नको लागि बाहिर पठाउन नसक्दा सोचेजति मुनाफा निकाल्न नसकिएको छन्त्यालले बताए ।यस वर्ष पनि हिउँले बढि चिसो बनाईदिँदा उत्पादनमा केहि कठिनाई कम भएको बताए । अहिले उनको फर्ममा श्रीमतीले पनि सहयोग गरेकी छिन ।

यस कृषि उत्पादनबाट नै छोराहरुलाइ पढाएको र हाल आफ्ना दुई छोराहरु मध्ये जेठो छोरा लोकवान छन्त्यालले अष्ट्रेलियामा माष्टर अध्ययन गर्दै छन् भने कान्छो छोरा पवन छन्त्याल चेक गणतन्त्रमा रहेका छन् ।

तमानखोलाको वडा नं २ का कटेरे,भयरबङ्गालाई समेटेर गण्डकी प्रदेश सरकारले नमुना कृषि गाउँ घोषणा गरेको छ । त्योसँगै त्यस क्षेत्रमा ५० वटा टनेल तयार भएका छन ।छन्त्यालको कृषि कर्मले गाउँका अरु किसानलाई तरकारी व्यवसायमा आकर्षित गरि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्