२१ बैशाख २०८१, शुक्रबार

 

जापानमा अवैध रूपमा काम गर्ने ३ जना नेपाली र संचालक पक्राउ

जापान छोटो अवधिको भिसामा जापान आएका ३ नेपालीहरुलाई गाडी पार्ट्स बन्ने कम्पनीमा काम लगाएको अभियोगमा, आइची प्रान्तको टोयोटा सहरस्थित एक हाकेन कम्पनीको संचालकलाई पक्राउ गरिएको छ ।

हाकेन कम्पनीका संचालनक संगै, ओभरस्टे बसेका ३ नै जना नेपालीहरुलाई पनि पक्राउ गरिएको छ । प्रहरीका अनुसार उक्त व्यक्तिले सन् २०१६ को जनवरीदेखि यसै महिनासम्म, ति ३ जना नेपालीहरुलाई एउटा अटोमोबाइल पार्टपुर्जा बनाउने कम्पनीमा अवैध रूपमा काम गर्न पठाएको आशंका गरिएको नेपाल न्यूज पोष्ट अनलाइनले आफ़नो समाचारमा उल्लेख गरेको छ ।

प्रहरी अनुसन्धानको जवाफमा ती व्यक्तिले भने, आफुले ती ३ जनालाई काममा राख्ने समयमा उनिहरुको परिचयपत्रहरु हरेपनि, त्यो भन्दा पछाडी उनिहरुको आवास स्थितीबारे कुनै जानकारी नलिएकाले, अवैधानिकरुपमा काममा लगाएको कुरामा कुनै दुईमत नभएको बताएको समाचारमा उल्लेख गरिएको छ ।

उक्त कम्पनीले अन्य धेरै नेपालीहरु यसैगरी गैरकानुनीरुपमा काममा लगाएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्