२१ बैशाख २०८१, शुक्रबार

 

जापान प्रवेश गर्ने नेपालीलाई ३ दिन मात्र होटल क्वारेन्टाइन

मार्च १ देखि जापान प्रवेश गर्ने नेपालसहित ११ देशका नागरिकहरूलाई ६ दिनको होटल क्वारेन्टाइनबाट ३ दिनमा झार्ने भएको छ ।जापानको एअरपोर्टमामा आइपुगेपछि आवास सुविधासहित इटाली, उज्वेकिस्तान, बेलायत, इजिप्ट, स्वीडेन, डेनमार्क, जर्मनी, नर्वे, पाकिस्तान, फ्रान्सबाट आउने आगन्तुकलाई हाल क़ायम रहेको ६ दिनको क्वारेन्टाइन अवधिबाट ३ दिन गराइन लागेको जापान सरकारले आफ़्नो वेभसाइटमार्फत जनाएको छ ।

त्यसैगरि हाल क़ायम ३ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन रहेका ३७ वटा देशहरूमा रहेका छन । १० दिन र ६ दिनको एअरपोर्ट होटल क्वारेन्टाइन अब कुनै देशका लागि राखिएको छैन ।

मार्च १ को मध्यरात पछि आइसल्याण्ड, आयरल्याण्ड, अर्जेन्टिना, इस्टोनिया, अष्ट्रेलिया, अस्ट्रिया, नेदरल्याण्ड, साइप्रस, ग्रीस, जर्जिया, स्पेन, स्लोभाकिया, स्लोभेनिया, थाइल्याण्ड, चेक रिपब्लिक, चिली, हंगेरी, फिजी, फिलिपिन्स, ब्राजिल (सान क्याटालिना, बाहिया), फ्रान्सेली रियुनियन टापु, सम्पूर्ण संयुक्त राज्य अमेरिका, बेल्जियम, पोर्चुगल, इस्टोनिया, लिक्टेनस्टीन, रोमानिया, लक्जमबर्ग लगायतका देशबाट जापान प्रवेश गर्ने आगन्तुकहरूले एअरपोर्ट क्वारेन्टाइन बस्नु नपर्ने पनि जनाईएको छ ।

तेस्रो डोज खोप नलागेकाहरूका लागि एअरपोर्ट क्वारेन्टाइन ३ दिन बस्नुपर्ने र कोभिड-१९ को परीक्षण गर्दा परीक्षणको नतिजा नेगेटिभ आयो भने आफ़नो आवासमा क्वारेन्टाइन रहनपनि सकिने उल्लेख गरिएको छ । तेस्रो बूस्टर खोपको लगाएकाहरूसँग खोप प्रमाणपत्र भएकाहरूमा सैद्धान्तिक रूपमा ७ दिनसम्म आफ़्नो आवासमा क्वारेन्टाइन रहनुपर्ने भएपनि उनीहरूले जापान प्रवेश गरेको तेस्रो दिन पछि स्वेच्छाले कोभिड-१९ को परिक्षण गर्दा परीक्षण नेगेटिभ आयो भने स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई सूचित गरेर मन्त्रालयले पुष्टि गरेपछि घरमा क्वारेन्टाइन नबस्न पनि सकिने छ ।

जापान सरकारले गत नोभेम्वर ३१ बाट कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोनको नियन्त्रण र रोकथामका लागि गर्दै आएको सीमा कडाइलाई मार्च १ देखि बिजिनेश, विद्यार्थी, प्रशिक्षार्थी कामदार लगायतको भिसा भएकाहरूको जापान प्रवेशलाई सहज बनाउदै छ ।

प्रतिक्रिया दिनुहोस्