६ जेष्ठ २०८१, आईतवार

 

म्यादी प्रहरीमा भर्ना हुन आवदेकहरुको भीड ,४० दिनको ४३ हजार पारिश्रमिक

स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालयहरुले म्यादी प्रहरीको आवेदन खुलाएसँगै आवदेकहरुको भीड लागेको छ । म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवा युवतीहरूको जिल्ला प्रहरी कार्यालय बागलुङमा भीड लागेको छ । बैशाख ३० को स्थानीय तह निर्वाचनको लागि बागलुङमा ८सय ३४ जना म्यादी प्रहरीको जनशक्ति आवश्यक भएको सूचना जारी भएपछि भीड लागेको हो ।

म्यादी भर्ना हुन आवेदन दिन गाउँगाउँबाट ठूलो संख्यामा युवाहरू जिल्ला प्रहरी कार्यालयहरुमा आएका छन् । करिब डेढ महिनाको लागि खुलेको रोजगारीका लागि आवेदन दिन सयौं युवा यति बेला चर्को घाम र धुलो नभनिकन लामबद्ध छन् । ४० दिनसम्म खटाइने म्यादी प्रहरीलाई ३० हजार २सय ४० तलब ७हजार २ सय रासन भत्ता र ६ हजार पोशाक भत्ता प्रदान गरिने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बागलुङ जिल्लाको १० वटा स्थानीय तहको निर्वाचनको लागि ८सय ३४ जना म्यादी प्रहरीको जनशक्ति आवश्यक भएको सूचना जारी भएको छ ।
म्यादी प्रहरीको लागि आवेदन दिन बैशाख ६ गतेदेखि ११ गतेसम्म म्याद भएको कारणले त्यो बेलासम्म आएको आवेदन मध्य प्रक्रिया पूरा गरी छनौट गरिने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले बताए।

बागलुङ जिल्लाका १० स्थानीय तहका युवाहरू म्यादी प्रहरी बन्ने आशाले बागलुङ आएका छन् । स्नातक अध्ययनरत युवाहरू समेत थोरै समय भएपनि काम पाइने विश्वासले म्यादी प्रहरीमा आवेदन दिन आएका छन् । कामको अनुभव हुने र खर्च पनि जुट्ने भएकाले उनीहरू उत्साहित देखिन्छन् ।

बेरोजगार बसेका उनीहरु रोजगारी खोज्दै आवेदन दिएका छन् । अहिले सयौं युवाले म्यादी प्रहरीमा आवेदन भरिरहेकाले थारै समयको रोजगारीका लागि पनि कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता भने छ ।

म्यादी प्रहरीमा भर्ना हुन आएकाहरु स्नाकोत्तर उर्तीण गरेकादेखि बिभिन्न सीपमुलक तालिम लिएकासम्म छन् । यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्