२६ बैशाख २०८१, बुधबार

 

बागलुङमा ८३४ म्यादी प्रहरीको लागि २ हजारले दिए आवेदन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि सरकारले भएको प्रहरी जनशक्तिले नपुग्ने भन्दै म्यादी प्रहरीमा जागिर खुलाएपछि जिल्लामा आवश्यक संख्या भन्दा बढी दरखास्त परेको छ ।

बागलुङ जिल्लामा निर्वाचन सम्पन्न गर्नको लागि ८३४ जना म्यादी प्रहरीको आवश्यक परेको बिज्ञापन सार्वजनिक गरेकोमा १ हजार ९ सय ५३ जनाले आवेदन दिएका हुन् ।

म्यादी प्रहरीको लागि १ हजार ९ सय ५३ जनाको आवेदन परेको मध्ये १ हजार ६ सय ५५ पुरूष र २ सय ९८ जना महिलाको दरखास्त परेको को जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञावलीले बताउनुभयो ।

म्यादी प्रहरीको लागि आवेदन दिएका सबैको लिखित परिक्षा ,शारीरिक परिक्षण लगायतका प्रक्रिया पूरा गरे पश्चात ८३४ जना छनौट गरिने भएको छ । आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ ।

मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । झण्डै डेढ महिनाको लागि भर्ना गरिने म्यादी प्रहरीमा राम्रो पारिश्रमीक भएको कारणले पनि बेरोजगार युवाहरू आकर्षित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्