१ जेष्ठ २०८१, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ सिटीको अध्यक्षमा सृजना श्रेष्ठ चयन

बागलुङ – लायन्स क्लब अफ बागलुङ सिटी लायन वर्ष २०२२, २३ को लागि क्लबको अध्यक्षमा सृजना श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् । त्यसै गरी लायन्स क्लब बागलुङ सिटीको प्रथम उपाध्यक्षमा धना सुनार, द्धितीय उपाध्यक्षमा पुष्पा केसी र तृतीय उपाध्यक्षमा अम्बिका बस्नेत चयन भएकी छिन् ।

त्यसै गरी सचिवमा शर्मिला थापा र कोषाध्यक्षमा दुर्गा श्रीस चयन भएको एमजेएफ लायन तथा लायन्स क्लब अफ बागलुङ सिटी संस्थापन अध्यक्ष पार्वती अधिकारीले नयाँ विश्वलाई बताइन् ।

लायन्स क्लब अफ बागलुङ सिटीले क्लबको सदस्यहरुको नेतृत्व विकास गर्नुका साथै महिला जागरण,सामाजिक,जनस्वास्थ्य,शैक्षिक र मानविय क्षेत्रमा सहयोग गर्दै आएको डिष्ट्रिक एडभाइजर कविता बस्नेतले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्