१ जेष्ठ २०८१, मंगलवार

 

अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा बोहोरा चयन

बागलुङ –  नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ बागलुङको छैठौं जिल्ला सम्मेलनबाट लक्ष्मी बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।सम्मेलनबाट  उपाध्यक्षमा चित्रा श्रीस ।र छेला नेपाली , सचिवमा बिना थापा ,सह सचिवमा कालिका सापकोटा ,कोषाध्यक्षमा तुलसी क्षेत्री निर्वाचित भएका छन् ।

जिल्ला कमिटीमा निर्वाचित सदस्यहरुमा जुना बोहोरा, शान्ति रायमाझी, उषा भण्डारी, निर्मला केसी, नरिमाया नेपाली, दुर्गा गैरे, देवी परियार, भावना खड्का, पहेली थापा, अस्मिता विक, विष्णु आचार्य, सरस्वती शर्मा, पुजा गिरी आचार्य, उमा खड्का, मिन कुमारी माझी, माया आचार्य, पार्वती घिमिरे, गंगा थापा, थुमा सापकोटा, सुनिता सुनार रहनु भएको छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा अखिल नेपाल महिला संघका केन्द्रीय संयोजक थममाया थापा,नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा खेलकूद विभाग प्रमुख लिला बहादुर थापा, पोलिटव्यूरो सदस्य तथा गण्डकी प्रदेशका सह–इन्चार्ज मन कुमारी केसी जिसी, केन्द्रीय सदस्य तथा अनेम संघ गण्डकी प्रदेश संयोजक टुका हमाल, केन्द्रीय सदस्य तथा अनेमसंघ गण्डकी प्रदेश सचिव सिता सुन्दास, केन्द्रीय सदस्य तथा अनेम संघ गण्डकीका

सहसंयोजक तारामाया थापा, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य जनक पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य सावित्रा रानाको अध्यक्षता, उपाध्यक्ष यमुना रानाको स्वागत र लक्ष्मी बोहोराको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्