३ श्रावण २०८३, आईतवार

 

आयरल्यान्डमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं – गैर आवासिय नेपाली संघ आयरल्यान्डको आयोजनामा नेपाली नयाँ वर्षको उपलक्ष्यमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। सांस्कृतिक कार्यक्रमलाई उद्घघाटन गर्र्दै कार्यक्रमका प्रमुख अथिति तथा गैर आवसिय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष मिलन छ्न्त्यालले परदेशमा रहे पनि मन स्वदेशमै रहेको र यस्ता नेपली कर्यक्रमहरूले अझ राष्ट्रलाई नै सम्मान गरेको अहसुस गराएको बताउनु भयो ।

उहाँले राष्ट्रका लागि आफू जहिले पनि तत्पर रहेने बताउनु भयो । सोही अवसरमा कार्यक्रमका वरिष्ठ अथिति तथा संघका युरोप उपासँयोजक सागर लामाले सम्पूण गैर नेपलीहरू देश विकासका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले नेपाली कला संस्कृति र संगीतलाई विकास गर्न आयोजना हुने कार्यक्रममा सम्पूर्ण आयरल्यान्डबासी नेपालीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो।

कार्यक्रमा कलाकार ज्ञानसिह पुन, कपिल पाईजा, शनि श्रेष्ठ, सरू थापा,कृष्ट्रीना पोखरेल,विकास रसाईली,जिब्या राना मगर,आशिका न्युउरे,पुस्कर बन्जारे लगायतले साँगितिक प्रस्तुती दिएका थिए ।सोही अवसरमा गैर आवसिय नेपाली संघ आयरल्यान्डका कोषाध्यक्ष सन्तोष शर्माले कविता वाचन गर्नु भएको थियो ।कार्यक्रम गैर आवसीय नेपाली संघ आयरल्यान्डका अध्यक्ष विनोद कार्कीको अध्यक्षतामा र संघका कोषाध्यक्ष सन्तोष शर्मा र ज्ञानसिह पुनले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung