१ जेष्ठ २०८१, मंगलवार

 

आमाको मुख हेर्ने दिन आमालाई माया र सम्मान

बागलुङ –  भद्रकाली सेवा समूहले मातातीर्थ औंसीको दिन आमाहरुलाई सम्मान गरेको छ । ७० वर्ष पुगेका जेष्ठ आमाहरुलाई एक कार्यक्रम गरी सम्मान र माया प्रकट गरिएको थियो । आमाको मुख हेर्ने दिन आमाको सम्मानमा कार्यक्रम राखेर आमाको महत्तको विषयमा समाजमा प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भद्रकाली सेवा समूह संरक्षक सुन्दरी श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

नेपालमा वैशाख कृष्णपक्षको औँसीलाई मातातीर्थ औँसीको रूपमा मनाइन्छ। कार्यक्रममा समाजेसेवी देवबहादुर श्रेष्ठ, महिला हित वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष लिला देवी खड्का, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष श्याम प्रसाद श्रेष्ठ, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष अशोक गोविन्द राजभण्डारीले् मन्तव्य व्यक्त गरेका थिए ।

कार्याक्रम भद्रकाली सेवा समूहको अध्यक्ष काजी रोशन राजभण्डारीको अध्यक्षता,स्वागत संरक्षक सुन्दरी श्रेष्ठ र संचालन संस्थाकी सचिव निर्मला जिसी पन्तले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्