७ जेष्ठ २०८१, सोमबार

 

सेना खटाएपछि सर्लाहीको झडप भएका मतदान केन्द्रमा मतदान सुचारु

सर्लाहीको झडप भएको मतदान केन्द्रहरुमा नेपाली सेनाका जवानहरु खटाएर मतदान अगाडि बढेको छ । नेपाली सेनालाई झडप भएको मतदान केन्द्रको अग्रभागमा खटाएर मतदान सहज बनाइएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

सर्लाहीको चक्रघट्टा गाउँपालिकाको शिवनगरको रासनारायण प्राथमिक विद्यालयमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरी स्थित नियन्त्रणमा लिएको छ भने त्यहाँ अहिले मतदान रोकिएको छ । बरहथवा नगरपालिका–१७, श्रीपुरमा पनि राजनीतिक कार्यकर्ताबिच विवाद भएपछि मतदान रोकिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

पटक पटक झडपपछि रोकिएको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान केन्द्र र रामनगर गाउँपालिकास्थित पुरानो गाविस भवन मतदान केन्द्रमा मतदान अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्