६ जेष्ठ २०८१, आईतवार

 

बैंकर्स बागलुङद्वारा आश्रमलाई २५ हजार सहयोग

बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको साँझा सस्था बैंकर्स बागलुङले मानव सेवा आश्रममा नगद सहयोग गरेको छ । बागलुङमा शाखा रहेका बैंकहरुमा कार्यरत शाखा प्रमुखहरूको व्यक्तिगत सहयोगबाट आश्रमलाई सहयोग गरिएको हो । आश्रममा आयोजित कार्यक्रममा बैंकर्स बागलुङका पदाधिकारी तथा सदस्यहरुले नगद २५ हजारको चेक मानव सेवा आश्रम बागलुङका अभिभावक सुनिता श्रेष्ठ र सरिता गौतमलाई हस्तान्तरण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व वहन गर्दै बैंकमा कार्यरत शाखा प्रमुखसँग रकम संकलन गरेर आश्रमलाई सहयोग गरेको बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माले बताए । सडक मानवको उद्धार गर्दै आएको आश्रमलाई सहयोग होस भन्ने उद्देश्यले आफूहरुले सहयोग गरेको शर्माले बताए । कार्यक्रममा बागलुङ स्थित सम्पूर्ण बैंक तथा वित्तिय संस्थाका शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष दीपक शर्माको अध्यक्षता र सचिव हेमराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्