१ जेष्ठ २०८१, मंगलवार

 

बागलुङ नगरको उद्योग र व्यापारको विकासमा महिलाको उल्लेख भूमिका रहेको छ : मेयर श्रेष्ठ

बागलुङ – बागलुङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति बागलुङको आयोजनामा बागलुङ बजारका व्यवसायी महिलाहरुलाई महिला सशक्तिकरण तथा भाषण कला संम्बन्धी प्रशिक्षण कार्याक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले व्यवसायी महिलालाई नेतृत्वमा अब्बल र व्यवसायीक रुपमा सफल बनाउन महिला सशक्तिकरण तथा भाषण कला सम्बन्धी प्रशिक्षणले सहयोग पुर्याउने बताए । बागलुङ नगरको उद्योग र व्यापारको विकासमा महिलाहरुको उल्लेख भूमिका खेलेकोले महिला उद्यमीको व्यवसायीक क्षमता र नेतृत्व विकासको लागि नगरपालिकाले महिला उद्यमी विकास समिति बागलुङसँग सहकार्य गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मंच बागलुङको अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

महिला उद्यमी विकास समिति बागलुङकी अध्यक्ष भगवती केसीको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद कोषाध्यक्ष विष्णु लम्साल र संचालन सचिव जुनु श्रेष्ठले गरेकी थिइन । चार दिनसम्म आयोजना गरिएको प्रशिक्षणमा ५३ जना महिलाहरुको सहभागिता रहेको छ.।

प्रशिक्षण कार्यक्रममा महिला सशक्तिकरण संम्बन्धमा सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्मा, महिला र कानुनको संम्बन्धमा अधिवक्ता ममता शर्मा र उद्घोषण तथा भाषण कला संम्बन्धी तालिम नेपाल भाषा मंका खल बागलुङको सचिव सुदिप राजभण्डारी र प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राम थापा अविरलले दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्