६ जेष्ठ २०८१, आईतवार

 

सनराइज बैंक बागलुङ शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बागलुङ – सनराइज बैंक लिमिटेड बागलुङ शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।बैंकले धौलागिरि बहुमुखी क्याम्पसका व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई वित्तीय साक्षरता कक्षा दिएको सनराइज बैंक लिमिटेड बागलुङ शाखाका शाखा प्रबन्धक अर्जुन पौडेलले नयाँ विश्वलाई बताए ।

नेशनल बैकिंक इन्स्टिच्युटको सहकार्यमा भएको कार्यक्रमबाट ७५ जना सहभागी वित्तीय साक्षरता कार्यक्रमबाट लाभान्वित भएका थिए । प्रशिक्षक विनोद अधिकारीले बैंकको महत्व,वित्तीय ज्ञान,मोबाइल बैकिक,कर्जा र वचतको महत्व र सनराइज बैंकले प्रदान गर्ने सेवा सु्विधाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सनराइज बैंकका गण्डकी प्रदेशका प्रमुख सुजन पौडेलले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन सनराइज बैंक लिमिटेड बागलुङ शाखाका शाखा प्रबन्धक अर्जुन पौडेलले गरेका थिए । कार्यक्रममा सनराइज बैंक लिमिटेड पर्वत शाखाका प्रबन्धक गोविन्द आचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्