६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ नगरको आर्थिक विकासको लागि बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य गछौं : नगरप्रमुख श्रेष्ठ

बागलुङ – बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले विकसित बागलुङ नगर निर्माण गर्नको लागि बागलुङको बैंक र वित्तीय संस्थाहरुसँग सहकार्य र समन्वय गर्ने बताउनु भयो।नगरप्रमुख श्रेष्ठले सांग्रीला विकास बैंक बागलुङ शाखाको प्रतिनिधिहरुसँगको भेटघाट र छलफलमा उक्त विचार व्यक्त गर्नु भएको हो ।

बैंक मार्फत गाउँ र शहरमा बस्ने नगरवासीमा उल्लेख्य वित्तीय सेवा पुर्याउन, आर्थिक बजारलाई चलायनमान बनाउन,नयाँ नयाँ व्यवसायीक क्षेत्रमा लगानीको वातावरण बनाउन, रोजगारी सृजना गर्न, गरिबी निवारण गर्न र नगरको राजस्वमा वृद्धि गर्न नगरपालिकाले वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

बागलुङ नगरको आर्थिक विकास र व्यवसायीक वातावरण निर्माण गर्न बैंक र वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका भएको उपप्रमुख राजु खड्काले बताउनु भयो ।

कार्यक्रममा बोल्दै सांग्रीला विकास बैंक बागलुङको शाखा प्रबन्धक श्रीजय श्रेष्ठले बैंकले दिने सेवा, नगरपालिकाको आर्थिक विकास र जनताको जिवन स्तरमाथि पुर्याउनको लागि सांग्रीला विकास बैङ्कले नगरपालिकासँग मिलेर काम गर्ने बताउनु भयो ।

सांग्रीला विकास बैंक बागलुङको शाखा प्रबन्धक श्रीजय श्रेष्ठको टोलिले बागलुङ नगरपालिका वडा नं २ को वडा अध्यक्ष सुरज बोसेलसँग भेटघाट र बैंकले दिने वित्तीय सेवाको बारेमा जानकारी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्