१ जेष्ठ २०८१, मंगलवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा जुनु श्रेष्ठ

बागलुङ- लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्षमा जुनु श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन् । मंगलबार भएको कार्यक्रममा अध्यक्ष जुनु श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय नयाँ क्लब घोषणा गरिएको थियो ।डिष्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गत लायन्स क्लब अफ धौलागिरि बागलुङले लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ गठनको लागि स्पोन्सर गरेको थियो ।

नव गठित क्लबको अध्यक्षमा जुनु श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुनीता श्रेष्ठ, सचिवमा सिता राजभण्डारी कोषाध्यक्षमा गिता राजभण्डारी श्रेष्ठ रहेकी छिन् । क्लबको सदस्यहरुमा रन्जिता श्रेष्ठ,सविता श्रेष्ठ, प्रकृति राजभण्डारी, चाँदनी श्रेष्ठ, आशा राजभण्डारी भारी, प्रमिला राजभण्डारी, सरिता राजभण्डारी, ज्योक्सना जोशी श्रेष्ठ, सृजना श्रेष्ठ, पूर्णिंमा बज्राचार्य शाक्य, पुष्पा खड्का केसी, अस्मिता गौतम, कमला देवी शर्मा, रविना खड्का रहेका छन् ।

कार्यक्रममा चिफ एडभाइजर दुर्गा कुँवर, डिपार्टमेन्ट चिफ पार्वती अधिकारी, लायन्स क्लब अफ धौलागिरिको पूर्वअध्यक्ष भरत शर्मा,लायन्स क्लब अफ धौलागिरिको अध्यक्ष ताल बहादुर कुँवर र लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्ष जुनु श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्षता लायन्स क्लब अफ धौलागिरि बागलुङको अध्यक्ष ताल बहादुर कुँवर,स्वागत प्रथम उपाध्यक्ष निर्माण कुमार श्रेष्ठले र संचालन सचिव राजेश भारीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्