२५ बैशाख २०८१, मंगलवार

 

बागलुङमा ४० प्रतिशत रोपाइँ

बागलुङ – मध्य असारमा आइपुग्दा बागलुङ जिल्लामा ४० प्रतिशत रोपाइँ सकिएको छ । खोला छेउछाउ र सिँँचाइ सुविधा भएका ठाँउमा रोपाई गरिए पनि आकाशे पानीको भर पर्नु पर्ने बाध्यता रहेको जिल्लाको ६० प्रतिशत खेती योग्य जमिनमा अझै रोपाई हुन सकेको छैन ।

यश वर्ष छिट्टै मनसुन शुरू भएसँगै आकाशबाट पानी पर्न थालेपछि बागलुङ जिल्लाका कृषकलाइ यतिबेला धान रोप्न भ्याइनभ्याई भएको छ ।

मनसुन शुरू भएदेखि अहिलेसम्म जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा धान खेती हुने ६ हजार हेक्टर खेती योग्य जमिनमध्ये अहिलेसम्म ४० प्रतिशत खेतमा धान रोपाइँ सकि सकेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

समयमै मनसुन सक्रिय भएपछि जिल्लाको १० वटा स्थानीय तहका खोला किनर र तटिय क्षेत्रमा रोपाई भैरहेको हो । जिल्लाको बागलुङ नगरपालिका,काँठेखोला गाउँपालिकाको,गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका,बरेङ गाँउपालिका, वडिगार्ड गाउँपालिका लगायतको खोला किनार तथा सिम खेत क्षेत्रमा यति बेला किसानहरू धान रोप्न व्यस्त छन् ।

चैतेधान रोपेको खेतमा धान काटेर रोपाई गरेको बागलुङ नगरपालिका ३ का प्रेम प्रसाद निउरेले बताए । रोपाईको लागि सिँचाइ प्रयाप्त भए पनि मलको अभाव रहेको र चर्को मूल्य तिरेर मल ल्याउन परेको निउरेको भनाइ छ ।

जिल्लाका सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो थालिएको छ । अहिले मनसुनले साथ दिएपछि खोला किनारको अधिकांश खेतमा रोपाइँ
भइरहे पनि गाँउका अधिकांस युवाहरु वैदेशिक रोजगारीमा गएका कारण रोपाई गर्न खेतालाको समस्या रहेको बागलुङ नगरपालिका ३ खहरेका मित्रलाल सापकोटाले बताए ।

जिल्लाको कूल ६ हजार एक सय २२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । त्यस मध्ये २ हजार ६ सय ३५ हेक्टरमा उन्नत र ३ हजार ४ सय ८७ हेक्टर जमिनमा स्थानीय जातको धानखेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्