६ जेष्ठ २०८१, आईतवार

 

प्रभु बैंक विरेठाटी शाखाले आमा समूहको भवन निर्माणको लागि ५० हजार सहयोग

कास्की – प्रभु बैंक लिमिटेड विरेठाटी शाखाले श्री विरेठाटी आमा समूहलाई आर्थिक सहयोग गरेको छ । बिहिबार भएको कार्यक्रममा समूहको भवन निर्माणको लागि ५० हजार रुपैया
शाखा प्रबन्धक विनोद पौडेलले श्री विरेठाटी आमा समूहकी अध्यक्ष विष्णु कुमारी गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विरेठाटी गाउँमा सामाजिक सेवा सक्रिय आमा समूहको भवन निर्माणको लागि आर्थिक सहयोग गरेको शाखा प्रबन्धक विनोद पौडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

कास्की जिल्ला अन्नपुर्ण गाउँपालिका वडा नं ८ विरेठाटी गाउँमा सक्रिय श्री विरेठाटी आमा समूहले महिलाहरुको नेतृत्व, व्यवसायीक विकास र सामाजिक सेवामा सक्रिय भएर कार्य गर्दैं आएको छ ।प्रभु बैंक विरेठाटी शाखाले विद्यालयहरुमा वित्तीय साक्षरता,तालिम संचालन गर्नुको साथै सामाजिक सेवामा पनि सक्रिय भएर लागेको छ ।

प्रतिक्रिया दिनुहोस्