२५ बैशाख २०८१, मंगलवार

 

महिला तथा बाल अधिकार सेवा केन्द्र बागलुङको आयोजनामा महिलाको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बागलुङ- महिला तथा बाल अधिकार सेवा केन्द्र बागलुङको आयोजनामा महिलाहरुको क्षमता अभिवृद्धि संम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार बागलुङ नगरपालिका वडा नं १ को सहयोगमा सम्पन्न कार्यक्रमा महिला अधिकार, स्थानीय तहलाई दिएको अधिकार, महिला हिंसा र त्यसको न्युनिकरणको लागि सरोकारवालाहरुको भूमिका, महिलाहरुको नेतृत्व विकास र चुनौति, महिला शसक्तिकरण, लैंगिक विभेद र सकरात्मक सोचको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।

बागलुङ नगरपालिका वडा नं १ को वडा अध्यय जय केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम दुई दिनसम्म संचालन भएको महिला तथा बाल अधिकार सेवा केन्द्र बागलुङको अध्यक्ष पार्वती आचार्यले नयाँ विश्वलाई बताइन ।

कार्यक्रमा बागलुङ नगरपालिको महिला बालबालिका तथा समाज शाखा प्रमुख सरस्वती रेग्मी, अधिवक्ता सरिता केसी, सल्लाहकार तथा सिवाईसि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा र महिला तथा बाल अधिकार सेवा केन्द्र बागलुङकी अध्यक्ष पार्वती आचार्यले प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रममा ७८ जना महिलाहरुको सहभागिता थियो ।

महिलाहरुको स्वतन्त्रता र अधिकारलाई प्रभावकारी ढंगले लागु गराउन र महिला हिंसा समाप्त गर्न सबै सरोकारवालाहरुले शसक्त तरीकाले सहकार्य गर्नु पर्ने वडा अध्यक्ष जय केसीले बताउनु भयो ।कार्यक्रममा नेपाली कांग्रेस पार्टीको जेष्ठ नागरिक विभागको केन्द्रीय सदस्य दुर्गा बहादुर आचार्यले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम महिला तथा बाल अधिकार सेवा केन्द्र बागलुङकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता, सल्लाहकार शम्भु आचार्यको स्वागत र सेवा केन्द्रकी सचिव सीता शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्