५ जेष्ठ २०८१, शनिबार

 

शैक्षिक गुणस्तर र सिकाइ उपलब्धीमा मूलपानी मावि अग्रनी बन्नु पर्छ – नगरप्रमुख श्रेष्ठ

बागलुङ नगरपालिका–७ स्थित मूलपानी माध्यामिक विद्यालयको ६५ औं वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको छ । मुल समारोहको उद्घाटनपछि सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरको शैक्षिक विकासमा मूलपानी माध्यामिक विद्यालय अग्रणी स्थानमा रहेको बताउनुभयो ।

उहाँले सदरमुकामसँग जोडिएको विद्यालयमा समेत विद्यार्थीलाई टिकाएर गुणस्तरीय शिक्षा दिन सकेको भन्दै विद्यालयको प्रशंसा गर्नुभयो ।

“अबको विकास शिक्षा पद्दतिमा आधुनिकता हो, विद्यालयले शैक्षिक क्रियाकलापसँग विद्यालयको हरियालीदेखि अन्य धेरै कार्यलाई जोडेर अगाडी बढेको पाइयो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “भौतिक संरचनामा केही कमी छ भने भन्नुहोस नत्र नगरको ध्यान अब शैक्षिक गुणस्तरमा जान्छ ।”

“अब शैक्षिक गुणस्तर र सिकाइ उपलब्धीमा मूलपानी मावि अग्रनी बनेर उदाहरण पेश गर्नु पर्नेा नगरप्रमुख श्रेष्ठले भन्नु भयो ।”

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, बानपा–७ का वडा अध्यक्ष मेघनाथ गैरे, समाजसेवी विश्वनाथ रेग्मी, प्राध्यापक गोविन्द गौतम, समाजसेवी विजयराज पन्त, तेजप्रसाद न्यूरे, पूर्ववडा अध्यक्ष खगराज पाण्डेय, पूर्वअध्यक्ष बद्री बहादुर केसी, अक्षय कोष दाताको तर्फबाट खिम बहादुर केसी, भूपूविद्यार्थी समाजका पदाधिकारीमध्यबाट शिक्षक नारायण प्रसाद गौतम, अभिभावक रेवती किसान, समाजसेवी नर बहादुर किसान, दिलिप पन्त, विद्यामन्दिर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्य, पूर्वप्रधानध्यापक कृष्ण अधिकारी र लाल बहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षकको तर्फबाट नारायण प्रसाद गौतम, नन्दराज पाठक, अम्बिका पौडेल र कर्मचारीको तर्फबाट मिना केसीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई समेत नगरप्रमुखको कार्यकाल सफलताको शुभकामाना सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा स्थापना गरिएको विभिन्न कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृति दिइएको थियो । सदरमुकामबाट जम्मा चार किलोमिटर टाढा रहेको विद्यालयमा हाल ३३१ जना विद्यार्थी रहेका छन् । यहाँ हरित विद्यालयको अवधारणा लिइएको छ भने शैक्षिक गुणस्तरका लागि व्यवस्थापन समितिसँगै टोल शिक्षा उपसमिति समेत गठन गरिएको छ ।

कार्यक्रममा प्रधानाध्यापक चुडामणी सुवेदीद्वारा विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिङ्गलराज गौतमको अध्यक्षता र शिक्षक नेत्र शिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्