५ जेष्ठ २०८१, शनिबार

 

कर्णबहादुर देवीकुमारी स्मृति कोषबाट शिक्षासेवी जिसी र आचार्य सम्मानित

शिक्षाको क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका बागलुङ जिल्लाका दुई जना शिक्षासेवीलाई सम्मान गरिएको छ ।

कर्णबहादुर देवीकुमारी स्मृति कोषबाट शिक्षाको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेको भन्दै बागलुङ नगरपालिका १४ का जनता धन माध्यमिक विद्यालयका पूर्वशिक्षक कमल बहादुर जिसी र बागलुङ नगरपालिका ११ का महाविद्या माध्यामिक विद्यालयका पूर्र्वप्रधानाध्यापक केदारनाथ आचार्यलाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अमर थापाले शिक्षा क्षेत्रमा गरिएको लगानी र सेवाले देश र समाजलाई महत्वपूर्ण परिणाम दिने बताउनु भयो ।

स्मृति कोषले श्री रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

२०६० सालमा स्थापना भएको स्मृति कोषले २०६१ सालदेखि हरेक वर्ष शिक्षाको क्षेत्रमा योगदान गरेका ब्यक्तिहरूलाई सम्मान र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।

२०६१ सालमा शिक्षा सेवी अक्कल बहादुर श्रेष्ठ ,२०६२ सालमा चक्रपाणी आचार्य ,२०६३ सालमा रत्ना श्रेष्ठ ,२०६४ सालमा गंगाप्रसाद उपाध्याय ,२०६५ सालमा स्वामी रमेशानन्द केसरी ,२०६६ सालमा सूर्यप्रसाद मिलन श्रेष्ठ ,२०६८ सालमा
चेतराम चर्मकार ,२०६९ सालमा मेघराज पाण्डे २०७०सालमा उपेन्द्र राज पन्त ,२०७१ सालमा पद्यसिंह विश्वकर्मा ,२०७२ सालमा बिष्णु प्रसाद शाक्य ,२०७३ सालमा इन्द्र कुमारी श्रेष्ठ ,२०७४ सालमा ठाकुर जंङ्ग राजभण्डारी ,२०७५ सालमा लालचन्द्र राजभण्डारी ,२०७६ सालमा जगन्नाथ आचार्यलाई सम्मान गरेको कोषका सचिव राजेन्द्र आचार्यले बताए ।

कार्यक्रम कर्णबहादुर देवीकुमारी स्मृति कोषका अध्यक्ष राम बहादुर केसीको अध्यक्षता, स्वागत श्री रामरेखा आधारभूत विद्यालयका प्रधानाध्यापक कवि राज जिसीले र संचालन कोषका सचिव राजेन्द्र आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्