२५ बैशाख २०८१, मंगलवार

 

हिंसापीडित महिलाको उद्दारका लागि सबै वडामा पहुच पु¥याउछौ : नगर उपप्रमुख खड्का

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले हिंसापीडित महिलाको उद्दार तथा संरक्षणका लागि बागलुङ नगरपालिकाले अल्पकालीन महिला सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने बताउनु भएको छ । बागलुङ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको महिला विकास कार्यक्रम अन्तरर्गतका महिला सहकारी सस्थाहरुबिच अन्तरक्रिया कार्यक्रममा बोल्दै खड्काले यस्तो बताउनु भएको हो ।

हिंसापीडित महिला र किशोरीका लागि संचालन भैरहेको अल्पकालिन सेवा केन्द्रलाई नगरपालिकाका १४ वटै वडामा पहुँच बिस्तार गर्ने तयारी गरेको बताउनु भयो । उहाले सेवा केन्द्रबाट न्यायमा पहुँच, स्वास्थ्य उपचार सेवा, परामर्श सेवा, आश्रय सहितको सुरक्षा तथा अन्य तत्काल दिनु पर्ने सेवाहरु प्रदान भैरहेको बताउनु भयो।

दलित, जनजाती र ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको सशक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले कार्यविधि बनाई नगरका सबै वडामा सेवा पु¥याउने नगर उपप्रमुख खड्काले बताउनु भयो । नगरपालिकामा हुने महिला हिंसा न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यले आयोजित कार्यक्रममा महिला विकास कार्यक्रम अन्तरर्गतका महिला सहकारीका पदाधिकारी सदस्य र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि महिलाहरुले समुदायमा अझैपनि सचेतना आवश्यक रहेको, महिलाको आयआर्जन वृद्धिका कार्यक्रम संचालन गर्न र महिलाको हरेक क्षेत्रमा पहुँच बढाउन माग गरेका छन् ।

सो अवसरमा बागलुङ नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा, ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, १४ का वडा अध्यक्ष चक्र बहादुर खत्री, नगर कार्यपालिका सदस्य धनमाया शर्मा लगाएतले हिंसापीडित महिलाहरुको न्यायको लागि आफू लागि पर्ने बताए ।नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महिला बालबालिका शाखा प्रमुख सरस्वती रेग्मीले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्